रविन महतोले दिए युथ पार्लियामेन्ट फोरममा उमेदवारी

तराई संवाददाता तराई संवाददाता
|
बिहिबार, ,
|
|
५० पटक हेरिएको
Shares
रविन महतोले दिए युथ पार्लियामेन्ट फोरममा उमेदवारी

सारांश

  • अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभा जारी छ ।
  • जहाँ नेपालको तर्फबाट युवा सांसदको रूपमा प्रतिनिधिसभा सदस्य रबिन महतो सहभागिता जनाएका छन् ।
  • प्रतिनिधिसभा सदस्य महतोले सम्मेलनको दोस्रो दिन युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन् ।

२१ असोज, काठमाडौं ।

अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभा जारी छ । जहाँ नेपालको तर्फबाट युवा सांसदको रूपमा प्रतिनिधिसभा सदस्य रबिन महतो सहभागिता जनाएका छन् । प्रतिनिधिसभा सदस्य महतोले सम्मेलनको दोस्रो दिन युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट सहभागिता जनाएका हुन् । महतोले युथ पार्लियामेन्ट फोरममा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दै सबै पार्लियामेन्टेरियनहरूका बीचमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्नका निम्ति आह्वान गरेका छन् ।

अफ्रिका महादेशको तान्जानियाको अरुसा सहरमा संघको सम्मेलन जारी छ ।  सम्मेलनलाई सम्बोधन गर्दै महतोले विश्वमा संसद्मा युवाहरूको प्रतिनिधित्व अत्यतै न्यून रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको वर्तमान प्रतिनिधि सभाको अवस्था चित्रण गरे । त्यसक्रममा उनले नेपालको संसद्मा ४३ प्रतिशत युवा सांसदहरूको सहभागिता रहेको विषय राखे । सभामुख डोल प्रसाद (डीपी) अर्यालले पनि अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभालाई सम्बोधन गर्दा नेपालको संसदीय समावेशीताको चर्चा गरेका छन् ।

नेपालको संघीय संसदको प्रतिनिधिसभामा ३५ प्रतिशत महिला, ५१ प्रतिशत विभिन्न समावेशी समूह, ५ जना अपांगता भएका व्यक्तिहरू र ३७ प्रतिशत ४० वर्षमुनिका युवा सांसदहरूको सहभागीता छ । साथै संसदमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको समेत प्रतिनिधित्व छ । यस अर्थमा पनि नेपालको संघीय संसद समावेशीताको मामलामा प्रगतिशील रहेको सभामुख अर्यालले बताएका छन् । सभामुख आर्यालका अनुसार विभिन्न समुदाय, वर्ग र समूहको समानुपातिक, अर्थपूर्ण र प्रभावकारी प्रतिनिधित्वले राज्यका संस्थाप्रति नागरिकको अपनत्व बढाइ लोकतान्त्रिक व्यवस्थाप्रतिको जनविश्वासलाई सुदृढ बनाउँछ ।

प्रतिनिधिसभा सदस्य महतोले पनि सम्मेलनको युथ पार्लियामेन्ट फोरममा नेपालको वर्तमान संघीय संसद्को अवस्था चित्रण गरेका हुन् । साथै, महतोले नेपालमा गएको भोटेकोशी त्रिशूल बाढी, त्यसले स्वास्थ्य क्षेत्रमा पु-याएको जोखिमको विषय राखे । त्यसैगरी युवाहरूले संकट व्यवस्थापनमा खेल्नुपर्ने भूमिका लगायतका विषयमा समेत युवा सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
तराई संवाददाता
तराई संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?