रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

तराई संवाददाता तराई संवाददाता
|
बिहिबार, ,
|
|
३५ पटक हेरिएको
Shares
रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा संगठन विस्तार तथा स्थानीय नागरिकका गुनासा सुन्ने उद्देश्यले ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ ।
  • अभियानअन्तर्गत रास्वपाका तीन जना संघीय सांसद बुधबार सर्लाही आइपुगेर विभिन्न पालिकामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र छलफल गरेका छन् ।
  • रास्वपा सर्लाहीका सभापति सरोज बानियाँका अनुसार प्रतिनिधि सभा सदस्य राजकिशोर महतो, अरविन्द साह र शम्भुकुमार यादव अभियानका लागि जिल्लामा खटिएका हुन् ।

२२ असोज, सर्लाही ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाहीमा संगठन विस्तार तथा स्थानीय नागरिकका गुनासा सुन्ने उद्देश्यले ‘हामी आउँदै छौँ’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत रास्वपाका तीन जना संघीय सांसद बुधबार सर्लाही आइपुगेर विभिन्न पालिकामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेटघाट र छलफल गरेका छन् ।

रास्वपा सर्लाहीका सभापति सरोज बानियाँका अनुसार प्रतिनिधि सभा सदस्य राजकिशोर महतो, अरविन्द साह र शम्भुकुमार यादव अभियानका लागि जिल्लामा खटिएका हुन् । तीनै सांसदले बुधबार लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, हरिपुर्वा, पर्सा, मलंगवा, कविलासीलगायतका स्थानीय तहमा पुगेर पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गरेका थिए । भेटघाटका क्रममा स्थानीयस्तरमा पार्टीको संगठन विस्तार, नागरिकका समस्या तथा गुनासो र आगामी गतिविधिका विषयमा छलफल भएको सभापति बानियाँले बताउनुभयो । रास्वपाले देशभर एकैसाथ सुरु गरेको अभियानलाई आगामी स्थानीय तह निर्वाचनको तयारीसँग पनि जोडेको छ ।

अभियानका क्रममा केन्द्रीय कार्यसमितिबाट खटिएका सांसदहरूले पार्टीले सञ्चालन गरेको ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट र तयारी प्रक्रियाबारे स्थानीय नेता तथा इच्छुक व्यक्तिलाई जानकारी गराइरहेका छन् । सभापति बानियाँका अनुसार सर्लाहीमा ‘हामी आउँदै छौँ’ अभियान बिहीबार पनि विभिन्न स्थानमा जारी रहनेछ । अभियानमार्फत स्थानीय तहसम्म पार्टीको संगठन र गतिविधिलाई थप व्यवस्थित बनाउने लक्ष्य रास्वपाले लिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
तराई संवाददाता
तराई संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?